यतिन्जेल चुप बसेका पूर्वराष्ट्रपति यादवले डा. केसीको सत्याग्रह बारे मुख खोले

काठमाडौं, ५ माघ । पूर्वराष्ट्रपति डा.रामवरण यादवले समाजिक अभियन्ता प्रा. डा. गोबिन्द केसीको अनसनबारेमा चासो ब्यक्त गरेका छन् ।

डा केसीको सत्याग्रहबारे चासो लिंदै डा यादव शनिबार अपराह्न महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेरका हुन् ।

चिकित्सा शिक्षा सुधारको लागि १६औँ सत्याग्रहमा बसेका चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे पनि यादवले जानकारी लिएका छन् ।

डा. केसी राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आफूसँग पूर्वसहमतिअनुसार पारित गर्नुपर्ने माग राख्दै इलामबाट अनशन सुरु गरेका थिए ।

उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई शुक्रबार बिहान शिक्षण अस्पतालमा ल्याइएको हो ।