इटाली हिँडेका पर्वतका ५ नेपाली युवा लिबियामा बन्धक !

काठमाडौँ , ५ माघ । इटाली हिंडेका ५ जना नेपाली युवाहरु लिबियामा बन्धक बनेका छन् ।

करिव एक महिना अगाडी गैरकानुनी बाटो हुँदै इटाली हिंडेका ती युवाहरु लिबिया पुगेपछि बन्धक बनाइएका हुन् ।

मानव तस्करको रुट मार्फत दुबइ–लिबिया हुँदै लिबिया पुगेका उनीहरुलाई लिबियाको सदरमुकाम त्रिपोलीबाट १८७ किलोमिटर दुरी टाढा उत्तर पश्चिमी सिमानामा बन्धक बनाएर राखिएको भन्दै पर्वतका रन्जित केसीले आफ्ना बाबुलाई खबर गरेसँगै उक्त घटना बाहिरिएको हो ।

बन्धक पर्नेहरुमा पर्वत घर भएका रन्जित केसी, म्याग्दीका दिरास थापा, अमन लोजा, ओम गुरुङ र सुरेश केसी रहेका छन् ।

इटाली पठाईदिन्छु भन्दै पोखराका जितकाजी गुरुङले जनही १५ लाख रुपैयाँका दरले पैसा लिएर लिबियामा अलपत्र बनाएको पीडितका आफन्तको गुनासो छ ।