राती सुत्नेबेला भान्सामा जुठो भाँडा यसकारण राख्न हुँदैन, नत्र आइपर्नेछ ठुलो संकट !

काठमाडौं, ५ माघ । बेलुकी खान खाएर भान्सामा झुठो भाँडा राख्न नराम्रो मानिन्छ । यो परम्परा मात्रै नभएर धार्मिक दृष्टिकोणले पनि अशुभ मानिन्छ । भान्सामा जुठो भाँडा राखे अन्नले सराप्ने, भगवान लक्ष्मी रिसाउने बताउने गरिन्छ । यस बाहेक अन्य कारणहरु पनि जसलाई तल उल्लेख गरेका छौं ।

१. खाना खाएपछि भान्सा कोठा कहिले जुठो राख्नु हुन्न । माझ्न नसकेको खण्डमा जुठो भाडाहरूलाई हल्का पानीले पखालेर राख्नुस । जुठो भाडा राख्नले धन हानी हुने गर्छ तथा उक्त जुठो बसी खानाबाट आउने नराम्रो कुराहरुले हाम्रो वातावरणमा नराम्रो असर लाउन सक्छ ।

२. घरको अगाडी फोहोर राख्नु हुन्न, घर अगाडी फोहोर राख्नु भनेको शत्रुलाई आमन्त्रण गर्नु सरह हो ।

३. घरमा बनाईएको पुजा स्थल अथवा मन्दिरको ईशान कोणमा सधै कलशमा पानी भरेर राख्नुहोस । यसो गर्दा घरमा बस्ने मान्छेको लागि शुभ हुन्छ ।

४. सुर्य अस्ताउने समयमा कहिले पनि कसैलाई दुध,दही या प्याज दिनु हुन्न । यसो गर्नाले घरको सुख शान्ति र सम्पत्ति नष्ट हुन जान्छ ।

५. सुत्ने ओछ्यानमा बसेर खाना खादा घरमा अशान्ति निम्त्याउँछ ,साथ साथै ऋण लाग्दछ ।

६. राति सुत्नु अघि जहिले पनि घरको भान्सा कोठा र बाथरुममा एक बाल्टिन पानी भरेर राख्ने गर्नुहोस् । भान्सा कोठामा पानी भरेर राख्दा ऋणबाट मुक्ति मिल्दछ भने बाथरुममा पानी भरेर राख्दा जीवनमा उन्नतिको बाटोहरु खुल्दछन् ।