पत्याउनु हुन्छ ? जम्मा ८ डलरको खाजा लिन सर्वसाधारणसंगै लाइनमा बसे विश्व कै धनाड्य बिल गेट्स

एजेन्सी । हुनत पछिल्लो समय आएर एमाजोनका जेफ बेजोसलाई फोर्ब्सले विश्वका सबै भन्दा धनि व्यक्तिको पहिलो लिस्टमा छन । तर विश्वले अझै पनि बिल गेट्सलाई विश्वको धनि व्यक्ति भनेर चिन्ने गर्दछन । त्यो उनको सम्पतिको कारणले मात्र नभएर उनले गरेको परोपकारी कामको कारणले गर्दा हो । उनिसंग जत्ति सम्पती छ त्यसको आधा त उनले दाङ नै गरिसकेका छन । बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको नाममा खर्बौको कम्पनि शेयर नै दान गरेका थिए बिल गेट्सले । माइक्रोसफ्ट कम्पनीका कर्मचारीले पनि थुप्रै पटक बिल गेट्सलाई सबैभन्दा उत्कृष्ट मालिक बताइसकेका छन् ।

हिजो आज सोसल मिडियामा बिल गेट्सको एउटा तस्बिर भाइरल भएको छ। जसमा उनी एक फास्ट फुड रेष्टुरेन्टको बाहिर लाइनमा उभिएका छन् । त्यो पनि ८ डलरको बर्गर–फ्राई र कोकका लागि । जुन तस्बिर देखेर जो कोहिले विस्वास गर्न सक्दैनन् । किनकि हिजो आज एक करोड सम्पत्ति भयो भने पनि लाइफ स्टाइल नै रवाफपूर्ण बनाउने चलन छ ।  तर बिल गेट्स त्यस्ता धनाड्य हुन् जो अझै पनि जंगलको बीचमा साधारण काठको घरमा बस्दछन । तर अफ्रिकाको रोगी बालबालिकाको लागी भने औषधि उपचार गर्दछन ।

अब आउ भाइरल तस्बिर बारे । जम्मा ८ डलर पर्ने बर्गर–फ्राई र कोकका लागि बिल गेट्स लाइनमा बसेको यो फोटो उनका कम्पनीका पूर्व कर्मचारीले खिचेका हुन् । उक्त तस्बिरमा रातो रङको स्वेटर लगाएका गेट्स टोपी लगाएका एक सर्बसाधारण व्यक्ति पछाडि उभिएका छन् । यो फोटो सिएटलको डिक्स ड्राइव–इन रेष्टुरेन्टको हो । गेट्स बर्गरका पारखी हुन् भन्ने कुरा यो तस्बिरले पनि स्पष्ट पार्दछ ।

माइक्रोसफ्टका पूर्व कर्मचारीबाट साभार गर्दै माइक गेलोस नाम गरेका एक व्यक्तिले उक्त तस्बिर फेसबुकमा शेयर गर्दै लेखेका छन – ‘ तपाईं अर्बौंका मालिक र देशको सबैभन्दा ठूलो च्यारिटी चलाउने व्यक्ति हुँदाहुँदै पनि बर्गर, फ्राई र कोकका लागि एउटा रेष्टुरेन्ट बाहिर साधारण मानिस सरह लाइनमा बस्नुहुन्छ ।’ उनि अरु थप्छन – ‘ वास्तविक धनी व्यक्तिले यस्तै व्यवहार देखाउँछन् न कि ह्वाइट हाउसको सुनको ट्वाइलेट सिटमा बसेर पोज दिन्छन् ।’

उक्त तस्बिर १६ हजार भन्दा बढी पटक सेयर भइसकेको छ । मिलनसार बिलगेट्सको साधारण जीवन शैली तर सहयोगी भावना कै कारण विश्वका मन भएका धनाड्य भने उनि नै रहिरहने स्पष्ट हुन्छ ।

माइक गलोस नाम गरेका व्यक्तिले फेसबुकमा शेयर गरेको तस्बिर हेर्नुहोस :