अपिलले गरे फेरी मालपोत कार्यालयमा छड्के, देखियो भद्रगोल, पैसा लिने रसिद किन नदिने ? (भिडियो सहीत)

सरकारी कार्यालयका कर्मचारीले सेवाग्राही संग पैसा लिए तर रसिद दिएनन भने त्यसको अर्थ के हुन्छ ?

यसैपनी देशैभरका मालपोत कार्यालयहरु प्रति जनताको बुझाई राम्रो छैन । बिचौलियाको बिगबिगी र अत्याधिक भ्रष्टाचार हुने कार्यालयहरु मध्येको एक कार्यालयमा मालपोतहरु पनि पर्दछन । अघिल्लो हप्ता तनहुँ जिल्लाको मालपोत कार्यालयको भण्डाफोर गरेको गण्डकी टेलिभिजनको चर्चित कार्यक्रम ‘गण्डकी छड्के’ले यसपाली गोरखा मालपोतको पर्दाफास गरेको छ ।

सर्वसाधारणहरु घण्टौ सम्म झ्यालमा लाइनमा छन, तर लेखापढी ब्यबसायी भने फाट भित्र मजाले काम गरीरहेका छन । कार्यालय प्रमुख संग तमाम बेथीति बारे जवाफ माग्दा शुरुमा त्यस्तो केही नभएको दाबी गरे । तर क्यामरा खोलेर रेकर्ड भएको भिडियो देखाएपछी कार्यालय प्रमुखले स्वीकार गर्दै सुधार्ने प्रतिबद्धता जनाए । गण्डकी छड्केको पुरा श्रृखला तलको भिडियोमा हेर्नुहोस :