बंगलादेश प्रिमियर लिग: सन्दिप लामिछानेको टिम सिलेट सिक्सर्स र रंगपुर भिड्दै,कस्तो होला सन्दीपको प्रदर्शन ?

काठमाडौं । बंगलादेश प्रिमियर लिग (बिपिएल)मा आज नेपाली स्पिनर बलर सन्दिप लामिछाने को टिम सिलेट सिक्सर्स र रंगपुर राइटर्स टिम बीच प्रतिष्पर्धा हुदै छ ।

आज खेल नेपाली समय अनुसार दिउँसो १:०० बजेबाट सिल्हेट इन्टरनेशनल क्रिकेट स्टेडियमा सुरु हुने छ । जारी प्रतियोगितामा ६ खेलमा मात्र दुईमा जित निकालेको सिलेटले आज रंगपुरविरुद्ध जित निकाल्ने लक्ष्य राखेको छ । ६ खेलमध्ये दुई खेलमा विकेटविहीन बनेका सन्दीपले शुक्रबार भएको खेलमा एक विकेट लिएर २७ रन दिएका थिए ।