तेह्रथुममा भव्यताका साथ चलचित्र थात्थलो प्रदर्शन ! दर्शकले अत्याधिक रुचाएका कारण फिल्म पर्दर्शन मिति अझै पनि बढ्न सक्ने (भिडियो) सहित

काठमाडौं – हङकङको सफल पर्दशन पछि पौष २८ गते दरवार मार्गस्थित राइजिङ हलमा प्रदर्शन भएको नेपाली कथानक चलचित्र ‘थात्थलो’अहिले तेह्रथुममको म्यान्ग्लुंग बजारमा पर्दर्शन भइ रहेको छ ।

खगेन्द्र पन्धाक लिम्बूको लेखन तथा निर्दैशनमा रेन्बो रेज म्युजिक प्रा. लि.को ब्यानरमा निर्मित ‘थात्थलो’ मा बिबी लिम्बूले प्रमुख सहायक निर्देशनको काम गरेका छन् भने किशोर कुमार लिम्बू, सिता कुमारी तुम्बापो र खगेन्द्र पन्धाक लिम्बू निर्माता रहेका छन् । चलचित्रका लेखक तथा निर्देशक खगेन्द्र पन्धाक लिम्बूले यो थात्थलो चलचित्र पूराना शैलीको कथामा बन्ने चलचित्रहरूको भीडमा बहूल चरित्र र पात्रहरू बोकेर फरक तथा ठेट धारमा बनिएको बताए ।

यस चलचित्रमा सुमी लिम्बू, कञ्चन थलङ, किशोर कुमार लिम्बू, सज्जन श्रेष्ठ, आयुशा लिम्बुखिम, नबिन लिम्बू, सिता कुमारी तुम्बापो, सन्जय लिम्बू, दुर्गा लिम्बू (पन्धाक), जयसन लिम्बू आदिको प्रमुख भूमिका रहेको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङका उच्च पहाडी सुन्दर क्षेत्रमा छायाङ्कन गरिएको यो चलचित्र खगेन्द्र पन्धाक लिम्बू, बिबी लिम्बू, नबिन लिम्बू र सन्जय लिम्बूले छायाङ्कन गरेका छन् । ड्रोन छायाङ्कन मेघराज मगरातीको रहेको छ भने खगेन्द्र पन्धाक लिम्बू, बिबी लिम्बू र पर्शु थलङ लिम्बू को सम्पादन रहेको छ ।

शब्द सङ्गीत पनि खगेन्द्र पन्धाक लिम्बूले नै गरेका हुन् भने अबिर लिम्बू पन्धाक, अमृता सम्बाहाम्फे लिम्बू, सुस्मा लिम्बू र सञ्जय लिम्बूको पार्स्वगान रहेकोछ ।

चलचित्र प्रदर्शन भै रहदा दर्शकले फिल्म अत्याधिक रुचाएका कारण फिल्म पर्दर्शन मिति अझै पनि बढ्न सक्ने चलचित्रका प्रमुख सहायक बीबी लिम्बु बताउछन । चलचित्र हेरी सकेका दर्शक लाइ तपाइँ लाइ यो चलचित्र कस्तो लग्यो ? भन्ने प्रश्नमा दर्शकहरु भन्छन संदेश मुलक आफ्नो जन्मभूमिलाइ माया, सदभाब इज्जत गर्नु पर्ने रहेछ समग्रमा हामीलाई फिल्म एकदमै राम्रो लाग्यो । थप जानकारी (भिडियो) बाट

(भिडियो)