देश राणाले बिगारे भनेर स्कूलमा पढेको थिए अब चाहि अदालत राणाले सुधारे भनेर पढ्न पाइएला जस्तो छ : दिपक राज गिरी

काठमाण्डौ, माघ ४ । न्याय प्रशासनलाई मजबुत र प्रभावकारी बनाउन प्रधानन्यायधिसलाई नेपालको संविधानको धारा १३६ ले अधिकार प्रदान गरेको छ । यही धारालाई टेक्दै प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाले गलत नियतले न्याय सम्पादन गरेको भन्दै उच्च अदालतका पाँचजना न्यायाधीशलाई कारबाही गरेका छन ।

प्रधानन्यायाधीशको कदमले न्यायालय सुधार हुने भए पनि गहन अध्ययन नगरी कारबाही गर्दा गलत नजिर बस्न सक्ने भन्दै सरोकारवालाले सचेत गराएका छन् ।

चर्चित साढे ३३ किलो सुनकाण्डमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिने विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीशलाई न्यायपरिषद सचिवालयमा तानिएको छ ।

चोलेन्द्र शमशेर जबराले प्रधानन्यायाधीश भए लगतै गठन भएको संयन्त्रले न्यायिक निगरानीका क्रममा गडबडी भेटिएपछि उनीहरुलाई सामूहिक रुपमा तानिएको हो । कारबाहीमा पर्ने न्यायाधीशहरुमा नागेन्द्र लाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेल छन् ।

प्रधानन्यायधिस राणाको उक्त कदमलाई चौतर्फी स्वागत भएको छ । यहि विषयलाई लिएर चर्चित कलाकार दिपक राज गिरिले पनि आफ्नो धारणा यसरी राखेका छन । हेर्नुहोस :

,“देश राणाले बिगारे भनेर स्कूलमा पढेको थिए अब चाहि अदालत राणाले सुधारे भनेर पढ्न पाइएला जस्तो छ!!! “