दुनियाँलाई फिदा बनाउने ब्ल्याक साडीमा मौनीको सेक्सी अवतार ! (तस्बिर सहित)

एजेन्सी, ४ माघ । टिभी सिरियलबाट बलिउडमा इन्ट्री गरेकी हट एण्ड सेक्सी अभिनेत्री मौनी रोयको एक अवार्ड समारोहको समयमा खिचिएको तस्विर सामाजिक संजालमा भाइरल भएको छ ।

इन्स्टाग्राममार्फत सार्वजनिक भएको उक्त तस्बिरमा मौनी ब्ल्याक र गोल्ड कलरको साडीमा सजिएकी छिन् । साडीमा मौनी निकै सुन्दर देखिएकी छिन् ।

सानो पर्दाकी अभिनेत्री मौनीले अभिनेता अक्षय कुमारसंग फिल्म ‘गोल्ड’ बाट शानदार बलिउड डेब्यु गरेकी हुन् । यस फिल्ममा मौनीले अक्षय कुमारकी पत्नीको रोल निभाएकी थिइन् ।

उनि टिभी सिरियल ‘नागिन’ र ‘देवो के देव महादेव’ बाट फेमस भएकी थिइन् । फेरी पनि मौनी रोय, रणवीर कपूर, आलिया भट्ट र अमिताभ बच्चनसंग फिल्म ‘ब्रह्मास्त्र’ मा देखिने भएकी छिन् । टिभी सिरियल ‘नागिन’ बाट मौनी हरेकको घर-घरमा छाएकी थिइन् । अहिले उनले टिभी सिरियलमा भने काम गर्दिनन् ।