ज्योतिषले सफल हुँदैन भन्दा भन्दै पनि वर्षा र सन्जोगको विवाहको मिति तय ! अब के होला ? (भिडियो कुराकानी हेर्नुहोस्)

काठमाडौँ, ४ माघ । केही दिन अगाडि नायिका वर्षा राउतले प्रेमी सन्जोग कोइरालासँगको बिहेको घोषणा गरिन् । त्यसपछि उनको बिहेको कुराले अहिले नेपाली चलचित्र क्षेत्र गरमागरम तातिएको छ ।

लामो समयदेखिको प्रेम सम्बन्धलाई उनीहरूले आउँदो फेब्रुअरी १४ तारिख अर्थात प्रणय दिवसका दिन विवाहमा परिणत गर्न लागेका हुन् ।

नायिका वर्षाले सो कुराको जानकारी आफ्नो फेसबुकमार्फत दिएकी हुन् । उनले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा आफ्नो विवाहको कार्ड नै सार्वजनिक गरेकी छन् ।

एक युट्युब च्यानलसँगको कुराकानीमा नायिका वर्षाले ज्योतिषको सल्लाह अनुसार बिहेको लागि फाल्गुन २ गतेको दिन छनोट गरेको र त्यो दिन भ्यालेन्टाइन डे पर्ने कुरा ख्याल नगरेको बताएकी छिन् ।

उनीसँग क्यानडा नेपालले गरेको रमाइलो कुराकानी हेर्नुहोस् ।