के साँच्चै नायिका ऋचा शर्मालाई हर्ट अट्याक भएकै हो त ? उनको उपचारमा संलग्न डाक्टर के भन्छन् ?? (हेर्नुहोस् भिडियो कुराकानी)

काठमाडौँ , ४ माघ । ऋचा शर्मालाई हार्ट अट्याक भएको खबर बिहीबार साँझ अचानक सामाजिक सञ्जालमा भाइरल भएको थियो । आफ्नो बारेमा यस्तो अफवाह फैलिएपछि ऋचाले फेसबुकमा एक स्टाटस लेख्दै उक्त खबर साँचो नभएको बताएकी छन् ।

उनले स्ट्याटसमा बुधबार आफूलाई सामान्य छाती दुखेर अस्पताल पुगेको बताएकी छन् भने आफू ठिक भएको र सबै रिपोर्ट नर्मल रहेको समेत बताएकी छन् ।

त्यस्तै उनलाई उपचार गरिरहेको डाक्टरले समेत एक मिडियासँगको कुराकानीमा मिडियामा चलेको हल्ला हल्ला मात्र भएको र नायिका ऋचा शर्मालाई हर्ट अट्याक नभएको बताएका छन् ।

ऋचा शर्मा नर्भिक अस्पताल उपचार गराइरहेकी छिन् । नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. जेपी जयसवालको चिकित्सकीय टोलीले अहिले उनको उपचार गरिरहेको बताईएको छ । वास्तवमा नायिका ऋचा शर्मालाई के भएको हो थाहा पाउन डा. जयसवालसँग एक युट्युब च्यानलले गरेको कुराकानी हेर्नुहोस् ।