नक्कली सैनिक बन्न पूर्वराज्यमन्त्री चौधरीले बर्दी दिएको संसनिपुर्ण खुलासा !

सुनसरी, ४ माघ । पूर्व राज्यमन्त्री तथा नेकपा नेत्री भगवती चौधरीको रेकी गर्ने सुगम ठकुरीलाई नक्कली बाहलवाला सैनिक लेफ्टिनेन्ट बन्नको लागि बर्दी पनि नेत्री चौधरीले नै उपलब्ध गराएको खुलासा भएको छ ।

अदालतमा बयानका क्रममा ठकुरीले ‘यस्तो काम गर्न चौधरीले नै बर्दी उपलव्ध गराएको’ बताएका हुन् ।

चौधरीका विभिन्न चुनावी कार्यक्रमदेखि अन्य सभा र बैठकमा सैनिक बर्दीमा ठकुरी उपस्थित हुने र आफू सेकेन्ड लेफ्टिनेन्ट भएको बताउँदै आएका थिए । वास्तवमा उनी सेनाका भगौडा हुन् । सेनाको पूर्वी पृतनाले पक्राउ गरी ठकुरीलाई प्रहरी समक्ष बुझाएको थियो ।

प्रहरीले ठगी मुद्दा लगाई जिल्ला अदालतमा ठकुरीलाई उपस्थित गराएको थियो । उनले अदालती बयानमा भनेका छन्,‘सेनाको पोसाक र परिचय पत्र समेत भगवतीले नै दिएकी हुन् ।’

पुस १५ गते जिल्ला न्याधिस शंकरबहादुर राईको इजालासमा ठकुरीले दिएको बयानमा भगवतीबाट प्राप्त बर्दी व्याच सबै कुरा नक्कली भएको पछि मात्रै थाहा पाएको बयान दिएका थिए ।

चौधरीले सेनामा जागिर लगाइदिन्छु भनि साहयक सेनानीमा भर्ना हुदाँ भनसुन गरेकी थिइन् । सेनाको ब्याच नंम्बर ७१७९ र प्रमाण पत्र नं. ४७१५ को ब्याचको एडमिट कार्ड भगवतीले चुनाव ताका आमजुगीमा दिएको उनको बयानमा उल्लेख छ ।

सेनाको आईडी कार्ड भने आफुले दुहबीको कुमार राजवंशी मार्फत बनाएको बयानमा बताएका छन् ।