कस्तो अनौठो शर्त : यी जोडीको विवाहमा जान गणितको परिक्षा पास गर्नुपर्ने !

एजेन्सी, ४ माघ । बेलायतीकी एक गणितविज्ञ युवतीले आफ्नो विवाहमा आउने पाहुनाको लागि एक अनौठो शर्त सार्वजानिक गरेकी छिन् ।

ती युवतीेले आफ्नो विवाहमा आउने हरेक पाहुनालाई गणितको परिक्षा लिने र पास गर्नेलाई कुर्सीमा बस्न दिने र फेल गर्ने उभिरहनुपर्ने शर्त सार्बजनिक गरेकी हुन् ।

युवतीले सोसल साइट रेडिटमा शेयर गरेको उक्त शर्त धेरैले चित्त बुझेको छैन । केहिले पाहुनालाई अनावश्यक दुख दिन खोजेको भन्दै त्यस्तो सर्त राखेमा आफू बिहेको रिसेप्सनमा नआउने तर्क दिएका छन् ।

हुनेवाला पति र पत्नी दुवै गणितज्ञ भएको हुँदा विवाहलाई रोमाञ्चक र निकै रमाइलो बनाउन आफुले यस्तो जुक्ति निकालेको युवतीले बताएकी छन् ।