सन्दिप लामिछानेको टिम सिल्हेट सिक्सर्स र ढाका बीचको खेल हुदै, लाइभ हेर्नुहोस !

एजेन्सी। बंगलादेशमा जारी प्रिमियर लिगमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम सिलहेट सिक्सर्स र ढाका डायनामाइट्ससँग प्रतिष्पर्धा गर्दै छ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ देखी सिल्हेट इन्टरनेशनल क्रिकेट स्टेडियमा सुरु भैसकेको छ। सिलहेट सिक्सर्सले टस जित्दै ब्याटिंग गर्ने निर्णय गरेको हो।

सिक्सर्स भन्दा बलियो बनिएका ढाकाले यो भन्दा अगाडी ५ खेलमा ४ मा जित र १ मा हारेको थियो भने सिक्सर्सले ५ खेलमा ३ मा हार र २ मा ढाका शिर्ष स्थानमा छ भने सिक्सर्स छैटौं स्थानमा छ । यस अघि ढाकाले सिक्सर्सलाई ३२ रनले पराजित गरेको थियो । सन्दीप ढाकाविरुद्ध विकेट विहिन बन्न पुगेका थिए ।

सन्दीप कोमिल्ला भिक्टोरिएन्सविरुद्ध डेब्यू गर्दै २ विकेट लिएका थिए । दोस्रो खेलमा चितगोंग भाइकिंग्स र तेस्रो खेलमा ढाका डायनामाइट्सविरुद्ध बिकेट लिन सकेनन् । कोमिल्लासँग चौथो खेलमा भने सन्दीप बेन्चमा बसे । पाँचौ खेलमा रंगपुर राइडर्सवरुद १ विकेट लिए ।

सन्दीप २३ जनवरी सम्म बंगलादेश प्रिमियर लिग खेल्ने छन् । नेपाल र युएईबीच २५ जवनरी सुरु हुने तीन ओडीआई समान अन्तर्राष्टिय टी-२० सिरीजको लागि उतैबाट दुबई जाने छन् ।