डा.केसीको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस संसद गगन थापा शिक्षण अस्पतालमा पुगे

काठमाडौं, ४ माघ । अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे बुझ्न कांग्रेस युवा नेता एवं सांसद गगनकुमार थापा त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

शिक्षण अस्पतालमा उपचारारत डा. केसीलाई भेट्न पुगे पनि थापाले केसीको स्वास्थ अवस्थाबारे भने कुनै प्रतिक्रिया नदिएको बताइएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि गत सोमबार इलाम जिल्ला अस्पतालको ओपीडीमा भर्ना गरिएका उनको छातीमा संक्रमण देखिनुको साथै मुटुको चाल अनियमित रहेको उपचारमा संलग्न चिकित्सक बिरेन्द्र कुमार शाहले जनाकारी दिएका थिए ।

गत साउन १० गते चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएपनि कारर्वान्यन हुने नसकेपछि डा.केसी इलाममा पुगेर पुन अनशन बसेका हुन्।