पुराना राजनीतिज्ञ भक्तध्वज प्रधानको निधन

चौतारा ४ माघ । सिन्धुपाल्चोकका पुराना राजनीतिज्ञ भक्तध्वज प्रधानको ९३ वर्षको उमेरमा काठमाडाँैस्थित आफ्नै घरमै हिजो बेलुका निधन भएको छ ।

स्वर्गीय प्रधानले विसं २०१५ मा प्रज्ञापरिषद्बाट राजनीति शुरु गर्नुभएको थियो । उहाँ विसं २०१९ मा तत्कालीन जिल्ला पञ्चायतको सभापति, विसं २०२० देखि २०३२ सम्म राष्ट्रिय पञ्चायतको सदस्य, २०३८ देखि २०४३ सम्म पुनः जिल्ला पञ्चायत सभापति तथा बहुदल पुनः स्थापना पछि नेपाली काङ्ग्रेसको महासमिति सदस्य हुनुभएको थियो ।

जिल्लाको विकासमा उल्लेख्य योगदान पु¥याउनुभएका प्रधान लामो समयदेखि अल्जाइमर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँका दुई श्रीमती, तीन छोरा र दुई छोरी छन् । रासस