सामाखुसीस्थित नालीमा बेवारिसे अवस्थामा एकजनाको शव फेला !

काठमाडौँ , ४ माघ । सामाखुसीको नालीमा एकजनाको शव फेला परेको छ ।

काठमाडौँको सामाखुसीस्थित चक्रपथमा पर्ने ग्रिनसिटी अस्पतालनजिकै नालीमा घोप्टो परेको अवस्थामा शुक्रबार बिहान शव फेला परेको हो ।

रातको समयमा कुनै सवारीले ठक्कर दिई मृत्यु भएपछि नालीमा फलेको हुनसक्ने प्रहरीको अनुमान छ ।

शंकास्पद अवस्थामा भेटिएको युवाको शव पहिचान नभएको र त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गत सोमबार मात्रै ललितपुरको नालीमा एक युवाको शव फेला परेको थियो । उक्त शव गोदावरीका राजु तामाङको भएपनि मृत्युको कारणबारे हालसम्म केहि खुल्न सकेको छैन ।