सुनचाँदी किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मुल्य

काठमाडौँ, ४ माघ । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मुल्यमा कुनै परिवर्तन भएको छैन अर्थात् स्थिर रहेको छ । गत बुधबार र बिहिबार देखि सुनचाँदीको मुल्य स्थिर रहेको छ ।

हिजो बिहिबार प्रतितोला ६१ हजार रुपैयामा किनबेच भएको छापावाला सुन आज पनि सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साथै आज तेजावी सुनको मुल्य प्रतितोला ६० हजार ७ सय रुपैंयामा किनबेच भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । बिहिबार प्रतितोला ७ सय ६५ रुपैयामा किनबेच भइरहेको चाँदीको मुल्य आज पनि सोहि मुल्यमा कायम रहेको महासंघले जनाएको छ ।