गर्भवती बिरालो मारेको अभियोगमा एक पुरुषलाई २ वर्ष जेल सजाय !

काठमाडौं, ४ माघ । गर्भवती बिरालो मारेको कसुरमा मलेसियामा एक जना ट्याक्सी चालकलाई दुई वर्षको जेल सजायको फैसला गरिएको छ ।

जनावर अधिकारवादी कानुन व्यवसायी ए मोहनराजले अनावश्यक रूपमा चालकले गर्भवती बिरालोलाई मारेको अभियोग लगाउँदै कारबाहीको माग गरेका थिए ।

क्वालालमपुरदेखि बाहिर रहेको कपडा धुने ठाउँमा गत सेम्टेम्बरमा घटना भएको बेर्नामा समाचार संस्थाले जनाएको छ ।

बिरालो हत्यासम्बन्धी दृश्य सिसिटिभीमा खिचिएको थियो र त्यो सामाजिक सञ्जालहरूमा भाइरल भएको थियो । घटनामा दुई व्यक्ति संलग्न थिए । एक जना महिलाले मारिएको त्यो बिरालोको शव प्रहरी कार्यालयमा लगेर उजुरी दिएकी थिइन् ।

दोषी ठहर गरिएको ४२ वर्षीय मोहनराजले आफूले जानीजानी बिरालोको हत्या नगरेको दाबी गर्दै आएका छन् ।