बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनल प्रवेश

काठमाडौँ, ४ माघ । बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गए राती भएको खेलमा लेभान्टेलाई ३–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

नाउ क्याम्पमा भएको स्पेनिस कोपा डेल रे फुटबलको समग्रमा बार्सिलोनाको ४–२ गोलअन्तरको जित भएको हो ।

पहिलो हाफमा २–० गोलले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । बार्सिलोनाका लागि ५४औं मिनेटमा कप्तान मेस्सीले गोल गरे ।