अत्यधिक हिमपातका कारण दुई हप्तामा १८ को मृत्यु

भियना, ३ माघ । अष्ट्रियामा दुई साता यता परेको अत्यधिक हिमपातका कारण १८ जनाको मृत्यु भएको छ ।

लिलिन्फेल्ड जिल्लामा केहीदिन देखि हिउमा बेपत्ता भएका मध्ये दुई जनाको शव भेटिएपछि ज्यान गुमाउनेको सन्ख्या १८ पुगेको हो । उनीहरु यही जनवरी ५ देखि बेपत्ता भएका थिए ।

त्यसैगरी अर्का एक जना गत शनिबारदेखि बेपत्ता भएका थिए । उनको शव बुधबार भेटिएको थियो । समाचारमा जनाइए अनुसार लिच भन्ने ठाँउमा २८ बर्षिय एक जर्मन नागरिकको शनिबार मृत्यु भएको थियो ।

त्यसैगरी अरु तीन जना जर्मन नागरिक पनि आईतबार मृत अवस्थामा भेटिएको अधिकारीहरुले बताएका छन् । खराब मौसमी अवस्थाका कारण हिमपात भइरहेकाले बेपत्ता भएकाहरुको खोजी तथा उद्धारमा कठिनाई भएको उद्धारकर्मीहरुको भनाई छ ।