अन्तर्वार्ता दिंदा सलमानले आमिर खानकी छोरी इरालाई किन साथमा ल्याए ? भिडियो भयो रातारात भाइरल ! (भिडियो सहित)

काठमाडौ, ३ माघ । बलिउड स्टारमध्ये सन् २०१८ मा सर्वाधिक कमाउने सूचीमा सलमान खान पहिलो नम्बरमा परेका छन् ।

सलमानले यो पटक चलचित्र र रियालिटी सोबाट २ सय ५३ करोड कमाई गरेका हुन् ।

सलमान खान चर्चा सगै बेलाबेलमा विवादमा पनि परिरहने अभिनेता हुन् । केही समय अगाडि उनी एउटा कृष्णसारको शिकार मुद्धामा केहि दिन जेल समेत परेका थिए ।

यसैबीच भर्खरै उनको एउटा भिडियो भाइरल भएको छ । जुन भिडियोमा उनी आमिर खानकी छोरी इरासंग एक अन्तवार्तामा पत्रकारहरुसँग देखिएका छन् । केही तस्विरहरुमा इराले फोटो खिचिरहेको पनि देखिएको छ । यो भिडियोको आधारमा सलमान र इरा अब आउने फिल्मको बारेमा कुरा गरिएको जस्तो बुझिएको छ ।

भिडियो हेर्नुहोस्: