प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ, ३ माघ | प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्कीले आज जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा उहाँहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैेनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रासस