यो शनिबार हुदैछ विश्व कै गतिलो बक्सिङ म्याच, नम्बर वान फिलिपिनी बक्सर मेनी पक्काउ र अमेरिकी बक्सर एड्रीएन ब्रोनर बीच हुदैछ भिडन्त (यस खेल बारे अन्य खेलाडीहरु यसो भन्छन)

काठमाडौँ  । जनवरी १९ तारिख हुदैछ निक्कै रोचक बक्सिङ म्याच । ८ डिभिजन विश्व बक्सिङ च्याम्पीयन फिलिपिन्सका मेनी पक्काउले मेवेदरसंग इतिहास कै ठुलो पैसाको म्याच खेले पछी धेरै वर्षको ब्रेक पछी रिङमा उत्रिदै छन । उक्त खेल मेवेदरले जिते पनि मेनि आफै र धेरै बक्सिङका बिश्लेसकले खेल मेनी पक्काउले जितेको दावी गर्दछन । सन् २०१५ मा भएको उक्त खेलबाट दुवै बक्सरले अर्बौ डलर कमाएका थिए ।

२०१५ पछी रिङमा फर्किएका मेनी पक्काउले आफु भन्दा ११ वर्ष कान्छो अमेरिकी बक्सर एड्रीएन ब्रोनरसंग भिड्दै छन । पक्काउ उमेरले धेरै जेठो भए पनि अझै उनलाई जित्न ढुंगा चपाउन सरह हुनेछ । उता ब्रोनर पनि अमेरिकाको खतरनाक बक्सर मानिन्छन ।  उनले खेलेको कुल ३८ खेल मध्य ३३ खेल जितेका छन भने एक खेल ड्र गरेका छन ।  जितेको ३३ खेल मध्य २४ खेल नकआउट मार्फत जितेका छन ।

बक्सिङको इतिहासमा यो खेललाई निक्कै चासोका साथ हेरिएको छ ।  के फास्ट  बक्सर मेनी पक्काउलाई उमेरले असर पार्ला ? खेल कसले जित्ला ।  अन्य बक्सरहरुलाई सोधिएको जिज्ञाशामा उनीहरु यस्तो प्रतिक्रिया दिन्छन :