बलिउडका अभिनेता शाहरुख खानकी छोरी पढ्छिन् संसारभरकै महँगो कलेजमा,कति तिर्छन त शुल्क ?

एजेन्सी। बलिउडका लेजेन्ड अभिनेता शाहरुख खानको छोरी सुहाना खान बेला बेलामा चर्चामा आउने गर्छिन । हरेक कुरामा खानले आफ्नो छोरीको कमि महसुस गराएका छैनन् । उनको शिक्षा राम्रो होस् भनि युकेको चर्चित अर्डिनग्लि कलेज (Ardingly College) मा पढ्छिन्। यो कलेज संसारभरको प्रतिष्ठित कलेज मध्ये एक हो। यहाँ संसारभर रहेका देशको करोडपतिका छोराछोरीहरु पढ्न आउछन् ।

सुहानाको कलेज शुल्क निकै महँगो छ । उनको कलेजमा एक टर्म पढाईको लागि १०,२१,२९५ रुपैया अर्थात् वर्षमा ५० लाख भन्दा बढी शुल्क तिर्नुपर्छ। बादशाह खानकी छोरी सुहाना बाबु जस्तै बलिउडमा अभिनय गर्न चाहन्छिन् । सुहाना कलेजमा उच्चा शिक्षाको अध्ययन गर्दै छिन् । सुहाना प्राय: आफ्नो कलेजको फोटो शेयर गरिरहन्छिन् ।