सडक सभ्यता अभिवृद्धि तथा सवारी घटना न्यूकिकरण सम्बन्धि सडक सुरक्षा कार्यक्रम

– आलोक यादव
सिरहा, माघ ३ गते । सिरहाको लहानमा सामुदायिक प्रहरी साभेदारिमा सडक सभ्यता अभिवृद्धि तथा सवारी घटना न्यूकिकरण सम्बन्धित सडक सुरक्षा कार्यक्रम  आज बिहान ०८:००-१३:०० बजे सम्म यातायात ब्यबस्था कार्यालय सगरमाथाको मेकानिकल टिम , कामना नरसिंह होम लहानको मेडिकल टिम, सगरमाथा चौधरी आँखा अस्पतालको विशेष आँख चेकजाच टिम, इलाका प्रहरी कार्यालय लहान, यातायात ब्यबसायी संघका पदाधिकारीहरु र स्थानिय पत्रकारहरुको समन्वयन तथा उपस्थितिमा जिल्ला सिरहा लहान नपा-१ बज्ररंग पट्रोल पम्प अगाडी पूर्व पश्चिम लोक मार्गमा सवारी दुर्घटना न्युनिकरण गर्न सार्वजनिक यातायातका करिब १९६ जना सवारी चालकहरुको स्वास्थ्य परिक्षण साथै सवारीसाधनको विशेष चेकजाच गरीएको जिल्ला ट्राफिक कार्यालय लहानका प्रमुख मिलन बस्नेत जानकारी दिए ।