युवतीको कपडा लगाएको अवस्थामा पुरुषको लाश भेटीए पछि अनुसन्धान गर्न प्रहरीलाई तनाव

रामानुजपुर- जंगलमा युवतीको कपडा लगाएको अवस्थामा पुरुषको लाश भेटीए पछि अनुसन्धान गर्न प्रहरीलाई तनाव भएको छ । ती युवकको पहिचान खुल्न नसक्दा उनले किन महिलाको कपडा लगाएका थिए ? भन्ने प्रश्न निकै जटिल बनेको छ ।

छत्तीसगढको रामानसजपुर जिल्लाको एक जंगलमा भेटिएका युवकको शवमा टाउकोमा चोट लागेको छ । बुधबार बेलुका भेटिएको शव बिहीबार पोस्टमार्टमका लागि पठाइएको छ ।

सुरुमा शव देख्नेहरुले युवतीको शव भएको ठानेका थिए । प्रहरीमा पनि युवतीकै शव भेटिएको सूचना पुगेको थियो । सूचना पाएपछि पुलिस टिम घटनास्थल पुगेको थियो । घटनास्थलमा हत्याको कुनै सुराग नपाइएको प्रहरीले जनाएको छ । युवकको टाउकोमा धारिलो हतियारले प्रहार गरिएको चोटको निशान छ । अहिले प्रहरीले हत्याको मुद्दा दर्ता गरि सकेको छ ।