सीईओले प्रेम प्रस्ताव अस्वीकार गरेपछि युवतीले पठाइन यस्तो धम्कीपूर्ण मेसेज : ‘तिम्रो रगतले म नुहाउँछु, तिम्रो किडनीको म सुशी डिश बनाउँछु, हातको हड्डीबाट चपस्टिक्स बनाउँछु !’

एजेन्सी, ३ माघ । संसारमा कोहि कसैको पनि एकतर्फी प्रेम सफल भएको देखिएको छैन । प्रेम भन्ने बित्तिकै दुई आत्माको मिलन हो भन्ने बुझिन्छ । जहाँ एकापसमा हरेक कुरा शेयरिङ र केयरिङ हुन्छ । एक अर्कामा बिश्वास र सम्मान हुन्छ । तर जब कसैले कसैलाई एकतर्फी प्रेम गर्छ भने उसको त्यो प्रेमले कहिल्यै पनि सफलता पाउन सक्दैन बरु दुर्घटना निम्त्याउँछ । यहिँ कुराको पछिल्लो उदाहरण हो अमेरिकाको एक युवतीको प्रेम । उनको एकतर्फी प्रेमले उनलाई प्रहरी हिरासतमा पुर्याएको छ ।

अमेरिकाको फ्लोरिडाकी ज्याकलिन एडिस नाम गरेकी एक युवतीले आफ्नो प्रेम रिजेक्ट भएपछि स्किन केयर प्रोडक्ट कम्पनीका सीईओलाई लगभग १ लाख ५९ हजार पटक मेसेज पठाएपछि गिरफ्तारमा परेकी छिन् ।

धम्कि सहितको मेसेज १ लाख ५९ हजार भन्दा धेरै पटक पठाइसकेकी ती युवतीलाई प्रहरीले गिरफ्तार गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

३१ वर्षिय ज्याकलिनले स्किन केयर प्रोडक्ट कम्पनीका सीईओलाई एक डेटिंग एपबाट चिनेकी थिइन् । यस एपमा कुरा हुँदै गर्दै ती पुरुष ज्याकलिनलाई मनपर्न थालेको थियो । ज्याक्लिनको प्रेम प्रस्ताव सीईओले अस्विकार गरेसँगै ज्याकलिनले यस्तो कदम चालेको बुझिएको छ ।

आफू रिजेक्ट हुने बितिकै लगातार मेसेज पठाउन थालेकी ज्याकलिनले १ लाख ५९ हजार भन्दा धेरै पटक मेसेज पठाएकी हुन् । म्यासेज पठाएर मात्रै चित्त नबुझेपछि ज्याकलिन सीईओको अफिसमा पुगेर समेत हंगामा गरेकी थिईन् । आफु सीईओको पत्नी भएको भन्दै हंगामा गर्ने ज्याकलिनको हर्कतदेखि आजित भएर प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको थियो ।

“तिम्रो किडनीको म सुशी डिश बनाउँछु । हातको हड्डीबाट चपस्टिक्स बनाउँछु,” भन्ने धम्कि सहितको मेसेजमा उनी लेख्छिन्, ‘तिम्रो रगतले म नुहाउँछु ।’