विवादित बन्दरगाहा शिल्यान्यासमा चोभार पुगेका प्रधानमन्त्री ओलीलाई स्थानीयले देखाए कालो झण्डा, ३० भन्दा बढी प्रदर्शनकारी प्रहरी नियन्त्रणमा !

काठमाडौँ , ३ माघ । कीर्तिपुर नगरपालिकास्थित चोभारमा सुख्खा बन्दरगाह निर्माणको शिलान्यासका लागि पुगेका प्रधानमन्त्री ओलीलाई स्थानीयले कालो झण्डा देखाएका छन् ।

बन्दरगाह निर्माणको विरोधमा उत्रिएका स्थानीयले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन् ।

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने ३० भन्दा बढी स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्रीलाई कालो झन्डा देखाएको आरोपमा पक्राउ परेका सबैलाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको डिएसपी होवीन्द्र बोगटीले जानकारी दिए ।

बन्दरगाहबाट प्रभावित चोभारबासीले निर्माणको विरोधमा निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

सुख्खा बन्दरगाह निर्माणमा भएको विवादमा सहमति जुटाउने प्रयास नगरी सरकार एकलौटी ढंगले अगाडी बढेको भन्दै स्थानिएको गुनासो गरेका छन्।