प्रधानमन्त्री ओलीलाई डा.केसीसँग गरेको सम्झौता कार्यन्वयन गर्न कांग्रेसका सांसद थापाको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई डा. गोविन्द केसीसँग गरेको सम्झौता कार्यान्वयन गर्न नेपाली कांग्रेसका सांसद गगन थापाले आग्रह गरेका छन् । सांसद थापाले बिहीबार पत्रकार सम्मेलन गरेर चिकित्सा शिक्षा विधेयक अब संसदीय समितिबाट सरकारको हातमा पुगेको बताए ।

पूर्वस्वास्थ्यमन्त्री सकेत रहेका थापाले समिति सकिके र अब सरकारको कुरा भएको बताएका छन् । प्रधानमन्त्रीको एउटा आदेशले डा. केसीसँग भएको सम्झौता अनुसार विधेयक पारित हुने पनि बताए ।

त्यस्तै थापाले सम्झौता बमोजिम विधेयक बनाउन प्रधानमन्त्री ओलीले अग्रसरता लिने विश्वास गरेका छन् ।