२२ महिनाकी बालिकाको तातो तेलमा परेर भयो यस्तो हालत, उपचारका लागि सहयोगको अपिल !

काठमाडौ, ३ माघ । नवलपरासीमा एक बालिकाको तातो तेलमा परेर शरिरका केहि अंग जलेपछि सख्त घाइते भएकी छिन् ।

नवलपरासीको गैडाकोट नगरपालिकाकी २२ महिने बालिकाको तातो तेलमा परि अनुहारको पुरै भाग, दुवै हात र छाती जलेको हो ।

कृष्ण पौडेलकी २२ महिनाकी छोरि तातो तेलमा परेर शरिरका अंग जलेपछि उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पुर्याइएको पारिवारिक स्रोतले जनाएको छ ।

बाबु कृष्ण र आमा बिष्णु पौडेल भृकुटी चोकमा ठेला पसल गरि बस्ने र आर्थिक अवस्था कम्जोर भएकाले सहयोग लागि समेत अपिल गरिएको छ ।

निम्न वर्गीय परिवारमा जन्मिएकी बालिकाको उपचारका लागि उनका परिवारले सहयोगको अपिल गरेका छन् ।

इच्छुक महानुभावले सहयोग गर्न चाहे ९८६४५४२२८९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।