प्रगति र क्रिष्टल क्लज डान्स क्रुकाेखतरा डान्स रहेको ‘मर्जी होस्’गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियाेसहित)

काठमडाैं, ३ माघ । युट्युबमा अत्याधिक चलेको गीत ‘सालको पात’का सङ्गीत एरेन्जर चर्चित सङ्गीतकार तथा गायक आशिष अविरल र पूजा न्यौपानेको आवाजमा रहेको ‘मर्जी होस्’ बोलको गीत सार्बजनिक भएको छ ।

नेपाली सुगम तथा लोक सङ्गीतमा आफ्नो छुट्टै पहिचान बनाइसकेका आशिषले सृजना गरेका धेरै गीतहरू करोड भन्दा बढी दर्शकले हेरेकाे हुन्छन् ।

चर्चित गीतकार तथा सङ्गीतकार एकनारायण भण्डारीको शब्द र आशिष अविरलकै सङ्गीत रहेको गीत अहिले युट्युब चर्चामा रहेको छ ।

यो गीत पनि दर्शक स्रोताले उत्तिकै मन पराइदिने विरलले आशा राखेका छन् ।