आफ्नो विषयमा टुंगो नलागेपछि राजदूत लक्की शेर्पा अस्ट्रेलिया फर्किइन्

काठमाडौँ – अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा अष्ट्रेलिया फर्किएकी छिन । एक महिनासम्म पनि आफ्नो विषयमा टुंगो नलागेपछि राजदूत लक्की शेर्पा अस्ट्रेलिया फर्किएकी हुन् ।

परराष्ट्र अधिकारीका अनुसार गत सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग लामो छलफल गरेपछि उनी मंगलबार अस्ट्रेलिया फर्किएकी हुन्।

उनी काममा फर्केकी हुन् या यहाँको व्यवस्थापन मिलाउन आएकी हुन् त्यो भने स्पष्ट भएको छैन । केही बिसन्चो भएको भन्दै हाल शेर्पा क्यानबेरास्थित राजदूत निवासमा आराम गरिरहेको स्रोतले जानकारी दिएको छ।

परराष्ट्रमन्त्री ज्ञवालीले उनीबारे छिट्टै निर्णय हुने बताए पनि पछिल्लो भेटघाटको विषयबारे स्पष्ट नभएको परराष्ट्र स्रोतले बताएको छ ।