सुनसरीमा मोटरसाइकलसंगै नहरमा डुबेको अवस्थामा युवक मृत फेला (फोटो)

इटहरी, ३ माघ । सुनसरीमा एक व्यक्ति मृत फेला परेका छन । सुनसरीको दुहबी नगरपालिका १० सिमारियाको सुनसरी–मोरङ सिचाई नहरमा मोटरसाइकल सहित डुबिरहेको अवस्थामा युवकको शव फेला परेको हो । मृतक गढी गाँउपालिका ५ का अन्दाजी ३५ बर्षिय लक्ष्मण खाँ रहेको खुलेको छ ।

स्थानीयले नहरमा डुबिरहेको शव देखे पछी स्थानीय प्रहरीलाई खबर गरेका थिए । को ३३ प २१९४ नम्बरको बाईक सहित पानीमा डुबेको अबस्थामा प्रहरीले बिहिबार बिहान शवलाई निकालेको थियो । युवकले मादक पदार्थ सेवन गरी सवारी चलाउदा अनियन्त्रित भएर घटना घटेको हुन सक्ने  इलाका प्रहरी कार्यालय दुहबीले अनुमान गरेको छ ।

घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले थप अनुसन्धान अगाडी बढाएको जनाएको छ ।

तस्बिर : संचारपाटी