विवाहको ७ दिन अगाडी ब्याईफ्रेण्डको मोबाइलमा पोर्न भिडियो भेटेपछि यी युवतीले ४ वर्ष लामो प्रेम सम्बन्धलाई तोडिन् !

काठमाडौ, ३ माघ । अमेरिकाकी क्लेयर नाम गरेकी एक युवतीले आफ्नो ब्याईफ्रेण्डको मोबाइलमा पोर्न भिडियो भेटेपछि विवाहको ७ दिन अगाडि नै विवाह नगर्ने घोषणा गरेकी छिन् ।

उनले फोन गर्न भनि ब्वाईफ्रेन्डको मोबाइल मागेर ओपन गर्दा पोर्न भिडियो र फोटो फेला पारेपछि उनले यस्तो निर्णय गरेकी हुन् ।

यस्तो फोटो र भिडियो फेला पारेपछि उनले ब्वाईफ्रेन्डलाई प्रश्न गरिन् तर यो सब मेरो भाइले गरेको भनेर बताए । त्यसपछि आफू धार्मिक प्रकृतिको युवती भएकाले त्यस्तो पोर्नको लत बसेको केटा मन नपर्ने भएकाले विवाह नगर्ने बताएकी थिइन् ।

युवतीले ‘लभ ह्वाट म्याटर्स’ नाम गरेको एउटा ब्लगमा एक स्टाटस पोस्ट गदै त्यस्तो निर्णय गरेकी हुन् । उनले पोस्ट गरेको स्टाटस जस्ताको त्यस्तै हेर्नुहोस् :

‘एक दिन केही सर्च गर्न मैले ब्पाइफ्रेण्डको मोबाइल मागेँ यसक्रममा मैले उनको माेबाइलमा पहिला बाटै ओपन केही विंडो देखेँ । जसलाई हेरेपछि मेरो मानसिकता पूरै परिवर्तन भयो । हिजोसम्म जोसँग विवाह गर्न तयार थिएँ, उ आजदेखि मेरा लागि अपरिचित बन्यो । मैले उनको मोबाइलमा जुन भिडियो र फोटो देखेँ त्यसलाई देखेपछि म बिमारी हुन्छु जस्तै भयो । यसपछि मैले आफ्नो चार वर्षदेखिको अफेयरलाई तोड्दै यस्तो निर्नय गरेकी हुँ ।’