राखीसँग विवाह गर्नै लागेका दीपकलाई खुलेआम सडकमा कसले कुटे ?

एजेन्सी, ३ माघ । पछिल्लो समय राखी सावंतसँग विवाह गर्ने कुराले चर्चामा रहेका सामाजिक सञ्जालमा भाइरल भएका दीपक कलाल फेरी अहिले एक भिडियोका कारण चर्चामा आएका छन् ।

सार्बजनिक भिडियोमा दीपकलाई खुलेआम सडकमा कुटिएका छन् । उनी निकै डराएका छन् भने केही व्यक्तिले उनमाथि कुटपिट गरिरहेका छन् ।

भिडियोमा दीपकले इन्टरनेटमा कहिलै पनि आपत्तिजनक सामाग्री पोस्ट नगर्ने बताइरहेका छन् । यो भिडियो दिल्लीको भएको बताइएको छ । यो भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । तर यो भिडियो कहिलेको हो र कहाँको हो भन्ने बारे भने आधिकारीक पुष्टी हुन सकेको छैन् ।

भिडियोमा दीपक डराएको देखिन्छन् भने त्यहाँ विभिन्न गाली पनि सुन्न सकिन्छ । त्यसैले यस भिडियोलाई यूट्युबबाट भने हटाइएको छ ।