शिशु जन्माएर मारी फरार रहेकी आमा पक्राउ

काठमाडौँ, ३ माघ । यो समाजमा आमाको नामका धेरै कलंकहरु छन् । आँफैले जन्माएको बच्चालाई मारेर फाल्ने आमाहरुको खबरहरु थुप्रै नै मिडियामा आउने गर्छ त्यस्तै घटना फेरी सार्बजनिक भएको छ ।

आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले बुधबार एक महिलालाई पक्राउ गरेको छ ।

काठमाण्डौँ महाबौद्धस्थित आफ्नै कोठामा यही माघ १ गते नवजात शिशु जन्माइ मारेर फरार हुँदै आएकी कपिलवस्तुकी मञ्जु चौधरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।

शिशुको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज राखिएको र घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।