बाँकेको कोहलपुरमा हत्या गरिएका युवकको हत्यामा संग्लन रहेको आरोपमा बाँके प्रहरीले २ जनालाई सार्वजनिक

नेपालगन्ज – बाँकेको कोहलपुरमा हत्या गरिएका युवकको हत्यामा संग्लन रहेको आरोपमा बाँके प्रहरीले २ जनालाई सार्वजनिक गरेको
छ ।

गत शनिबार कोहलपुरमा सिम्ता गाँउपालिका ४ का दिपक सिंह ठकुरीको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शवं फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार पत्रकार सम्मेलन गरेर हत्यामा सग्लन भएको भन्दै २ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलका अनुसार पक्राउ पर्नेमा राप्तीसोनारी गाउँपालिका २ बाँकेका युवराज गिरी र हिम्जा गाउँपालिका ६ अछामका भरत बहादुर शाही रहेका छन् ।

गिरीलाई खुट्टामा गोली हानेर बर्दियाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो भने शाहीलाई मंगलबार राती कर्णाली प्रदेशको सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो । प्रहरीमा भर्ना हुन आएका ठकुरीलाई यी दुई जनाले जागिर लगाइदिने भन्दै डेढ लाख लिएका थिए ।

भर्ना गर्न सक्ने अवस्था नभएको र पैसा पचाउन ठकुरीलाई उनीहरूले हत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रमेश बहादुर सिहले जानकारी दिए । दुइ जना पक्राउ परेपछि प्रहरीले थप अनुसन्धान अघि बढाइ रहेको छ ।