यी ४ मन्दिरहरुमा मिल्छ यस्तो आश्चर्यजनक प्रसाद !

तपाईले मन्दिरमा प्रसादको निम्ति मानिसहरूको लामो लाइन लागेको देख्नुभयो छ होला । सबैको प्रसाद लिने कारण फरक हुन्छ। कुनै गरीबका लागि भोको पेट भर्ने बाटो भने कसैका लागि आत्मा शुद्ध बनाउने तरीका। पुराणहरूमा भनिएको छ कि मन्दिरको प्रसाद ग्रहण गर्नाले अन्जानमा भएका गल्तिहरुबाट क्षमा पाइन्छ। साथै यसलाई ग्रहण गर्नाले सकारात्मक विचारहरू आउछ। तर भारतमा केहि यस्ता मन्दिरहरू छन् जहाँ अचम्मको प्रसाद पाइन्छ। त्यहाँका केही यस्ता मन्दिरहरू र प्रसादको बारेमा थाहा पाउनुहोस्।

१. करणी देवी, राजस्थान

यस मन्दिरमा तपाइले प्रसादको रूपमा जुन सुकै चिज प्राप्त गर्नुहुनेछ। ती सबै कुरा यहाँ पाल्तु मुसालाई भोग लगाइन्छ। यहाँ दूधको पन्चामृतलाई भोग लगाएपछि मात्र दिने गरीन्छ।

२. काल भैरव, उज्जैन

काल भैरवको मन्दिर जहाँ प्रसादको रुपमा लोकल रक्सी दिने गरीन्छ। आशचर्यजनक कुरा यो हो कि यहाँ प्रसाद लिनको लागि महिलाहरुको भन्दा पुरुषहरुको लामो लाइन हुन्छ ।

३. कामाख्या देवी मन्दिर, गुवाहाटी

गुवाहाटीको कमभुया देवी मन्दिरमा एक भव्य मेलाको आयोजना गरीन्छ। मेलाको समयमा साधारण भक्तहरूको लागि ३ दिनका लागि माताको दर्शनका लागि बन्द गरीन्छ र चौथो दिनमा मन्दिरको ढोका खोलिन्छ। माताको दर्शन गर्नको लागि ठुलो संख्यामा भक्तजनहरुको घुइचो लाग्ने गर्दछ। यहाँ प्रसादको रुपमा प्रत्येक भक्तजनहरुलाई चिसो कपडा दिइन्छ। यो भनिएको छ कि यस कपडा माताको रगतले भिजेको हुन्छ।

४. शिव मन्दिर, केरल

यस मन्दिरसँग सम्बन्धित मानिसहरू विश्वास गर्छन् कि सबैभन्दा ठूलो प्रसाद ज्ञान हो, त्यसैले यहाँ भक्तहरूलाइ पुस्तकहरू, सीडी र एकेडेमिक कागजहरु प्रसादको रुपमा दिने गरीन्छ।