प्रधानमन्त्री केपी ओलीको निर्देशन : टुटल र पठाओ चल्न दिनु

काठमाडौं, २ माघ । निजी सवारी साधन मोटरसाइकल र स्कुटरले टुटल र पठाओ मोबाइल एप्लीकेसन प्रयोग गरेर मान्छेलाई सशुल्क सेवा दिन थालेपछि अबैध भन्दै ट्राफिक प्रहरीले कारबाही गरेको थियो । तर सरकारको यस निर्णय माथि ठुलो बिरोध आए पछी अन्तत प्रधानमन्त्री केपी शर्मा ओलीले टुटल र पठाओलाई चल्न दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई निर्देशन दिएका छन्। निजी सवारी साधनले भाडामा यात्रु बोक्न थालेपछि भाडाका सवारी साधन ट्याक्सी ब्यबसायीले बिरोध गरेका थिए ।

प्रविधिको विकाश संगै आफ्नो ब्यबस्थामा पनि परिमार्जन हुनु पर्ने तर्कहरु सर्बसाधारणको पक्षबाट आउन थाले पछी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्। हजारौको संख्यामा युवाहरुले रोजगार पाएको तथा यात्रुले पनि सहज र शुलभ सुबिधा पाएको यस विषयलाई बाधा नपुराउने देश तथा विदेशबाट पनि दवाब आएको छ ।

यहि कुरा मनन गर्दै प्रधानमन्त्री ओलीले जनताको जीवनसँग जोडिएको यस्ता विषयलाई हचुवाको भरमा रोक्ने निर्णय गर्नु गलत भएकाो भन्दै तुरुन्त पहिले झैँ चल्न दिन निर्देशन दिएका हुन्। प्रविधिको बिकाश संगै सरकारले पनि नीति नियम बनाउनु पर्ने बिज्ञहरुको तर्क रहदै आएको छ ।