ड्युटीमा खटिएका प्रहरी हवल्दारमाथि गोली प्रहार, अवस्था चिन्ताजनक !

राजविराज, २ माघ । सप्तरीमा प्रहरीमाथि अज्ञात समुहले गोली प्रहार गरेको छ ।

खडक नागरपालिका अन्तरर्गत बोधे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दार महेन्द्र सरदारमाथि गोली प्रहार भएको हो ।

उनलाई एक गोली लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए ।

घाइते प्रहरी हवल्दार सरदारलाई उपचारका लागि विराटनगरतर्फ लगिएको छ ।