बीपीएलमा सन्दीपको सनसनीपूर्ण बलिङ (लाईभ भिडियो)

काठमाडौं, २ माघ । बंगलादेशमा जारी बंगलादेश प्रीमियर लिगको बुधबारको दोस्रो खेलमा यतिबेला नेपाली स्टार सन्दिप लामिछाने आवद्ध सिल्हेट सिक्सर र रंगपुर राइडर्सबीच खेल भइरहेको छ ।

सिक्सरले आफ्नै होम ग्राउण्डमा बुधबार विस्फोटक ब्याटिंग गरेको छ । टस हारेर पहिला ब्याटिंगको निम्तो पाएको सिक्सरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाउँदै रंगपुरलाई १८८ रनको लक्ष्य दिएको छ ।

जवाफी ब्याटिंग गरेको रंगपुर सिक्सरको बलिंग आक्रमणका अगाडि निरीह देखिएको छ । उसका ३ विकेट १५ रनको स्कोरमा खसेका छन् । क्रिस गेयल, एलेक्स हल्स र मेहन्दी महारुफ आउट भइसकेका छन ।

यसअघि सिक्सरका लागि कप्तान डेबिड वार्नरले नटआउट ३६ बलमा ६१ रन र ओपनर लिट्टन दासले ४३ बलमा ७० रनको विस्फोटक पारी खेले । यस्तै वेष्टइण्डिजका स्टार निकोलस पुरनले १६ बलमा २६ रनको आकर्षक पारी खेल्दा बुधबार पहिलो पटक ओपनरको भूमिकामा आएका सब्बिर रहमानले २० रनको योगदान दिएका थिए ।

४ मध्ये तीन खेल गुमाएको सिक्सर बुधबार पाँचौ खेलमा फरक रंगमा देखिएको हो । उसका कप्तान वार्नर अघिल्ला खेलहरुमा खासै राम्रो गर्न नसकेपछि बुधबार भने विस्फोटक ब्याटिंग गरे ।

मंगलबारको खेलमा ड्रप भएका नेपाली स्टार सन्दीप बुधबार भने कमब्याक गरेका छन् । दुई खेलमा लगातार विकेट बिहीन भएपछि सन्दीप ड्रप भएका थिए ।

भिडियो हेर्नुहोस :