र्‍यापर शाकार अधिकारी(लील बुद्ध)को नयाँ र्‍याप गित सार्वजनिक.. (भिडियो)

काठमाडौँ। मानिस चर्चा आउनका लागि अनेक अनेल उपायहरु अपनाउने गर्दछन । कोहि सत्कर्म गरेर चर्चामा आउने गर्छन भने कोहि गलत तरिकाले चर्चामा आउने गर्दछन । त्यस्तै,केहि महिना अगाडी अश्लिल हर्कतका कारण निकै चर्चामा आएका र्‍यापर शाकार अधिकारी (लील बुद्ध )को नयाँ र्‍याप गित युट्युबमा सार्वजनिक भएको छ ।

अष्ट्रेलियामा भएका बेला अश्लिल गालि गलोज अन्य गतिविधिको कारण निकै विवादसँगै चर्चामा आएका शाकार अधिकारीलाई गीतमा र्‍यापर यूनिक पोइटले साथ दिएका छन् । उनको यो र्‍याप गीत निकै लामो अन्तरलपछि सार्बजनिक गरेका हुन् । १० मिनेट लामो गीतमा आ– आफ्नो व्यक्तिगत जिवन र नेपालको राजनिति र बैदेशिक रोजगारीले ल्याएको समस्यालाई र्‍याप मार्फत प्रस्तुत गरेका छन् । रिलिज भएको ४ दिन मै यो गित युट्युब ट्रेन्डिंग नम्बर ३ मा रहेको छ ।

अष्ट्रेलियामा रहदा शाकार अधिकारीको मानसिक स्वास्थ्य ठिक नभएको भन्दै उनलाई अष्ट्रेलियाबाट नेपाल फर्काइएको थियो ।