गोंगबुस्थित पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट एक जनाको मृत्यु, ४ गम्भीर घाइते

काठमाडौं,माघ २  – काठमाडौंका गोंगबुस्थित पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट भएको छ । बुधबार विहान बिष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा नुवाकोट बेलकोटका काजी तामाङ छन् । विष्फोट भएपछि गम्भीर घाइते भएका उनीसहित ५ जनालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । त्यहाँ उपचारका क्रममा तामाङको मृत्यु भएको हो ।

घटनामा गम्भीर घाइते हुनेहरुमा कैलाश श्रेष्ठ, राजु बिसी, रेशम तामाङ र अनिल पोखरेल छन् । उनीहरुको अवस्था गम्भीर छ । घटनास्थलमा रहेका अधिकारीहरुका अनुसार त्यहाँ बर्नर विग्रिएको एक सिलिन्डरको मर्मत गर्ने क्रममा एक्कासि आगलागी भएको थियो ।