सांसद दिपक मनाङ्गेले फिल्म बनाउँदै, चैतदेखि छायांकनका लागि फ्लोरमा जाने

काठमाडौं, २ माघ । गुण्डा नाइके भनेर चिनिने तथा प्रदेश न ४ मनाङ ‘ख’बाट विजयी सांसद राजिव गुरुङ ‘दीपक मनाङ्गे’ले फिल्म निर्माणमा गर्ने भएका छन् ।

उनले शिशिर राणालाई निर्देशकको रुपमा लिएर फिल्म बनाउन लागेका हुन् ।

बुधबार मनाङ्गेसहित उनको निर्माण टिमका अन्य साथीले आफुले बनाउने फिल्मका लागि निर्देशकको रुपमा शिशिर राणलाई चयन गरेको समाचारमा उल्लेख छ ।

नाम जुर्न बाँकी फिल्म रेड वर्ड प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको हो । श्यामबहादुर थापाको प्रस्तुति रहने फिल्ममा कार्यकारी निर्माता रघु परियार र किरण नेपाली रहने छन् । विवाहित दम्पतीको प्रेमकथामा बन्न लागेको फिल्मको एक गीत रेकर्ड भइसकेको छ । फिल्मका लागि छिट्टै कलाकार पनि टुङ्गो लाग्ने निर्देशक शिशिर राणाले बताए ।

आगामी चैत अन्तिम साताबाट छायाँकन जाने बताइएको फिल्म छायाँकन पूर्व एक कार्यक्रम सहित घोषणा हुने निर्देशक राणाले जानकारी गराए ।