काठमाडौंको गोंगबुमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं,२ माघ। काठमाडौंको गोंगबुस्थित पिस ग्लास हाउसमा सिलिन्डर ग्यास पड्किदा नुवाकोटको बेलकोटका काजी तामाङको मृत्यु भएको छ ।

बुधबार विहान ग्यास विष्फोट हुँदा गम्भीर घाइते भएका उनीसहित ५ जनालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । त्यहाँ उपचारका क्रममा तामाङको मृत्यु भएको हो । घटनामा गम्भीर घाइते हुनेहरुमा कैलाश श्रेष्ठ, राजु बिसी, रेशम तामाङ र अनिल पोखरेल छन् । उनीहरुको अवस्था गम्भीर छ ।