के तपाईलाई थाहा छ पुरानो सिडीमा चाँदी हुन्छ ? जसमा हुन्छ चाँदी नै चाँदी पाइन्छ,यसरी निकाल्नुहोस चाँदी ( भिडियो)

एजेन्सी । पहिलेका पुराना पुराना सिडीका चक्काहरु छ। यदि छ भने राख्नुहोस है । सिडिको अगाडी भागमा रहेको चम्किला टल्किने भागमा चाँदी हुन्छ । कारण हो  हत्तपत्त स्क्र्याच नहोस र कनेक्टीभिटी कायम भइरहोस भनेर चाँदी राखेको हुन्छ । त्यसैले यदि त्यसलाई निकाल्न चाहनुहुन्छ भने यो प्रक्रिया अपनाउनुहोस् ।

सुरुवातमा एउटा भाडोमा थोरै पानी राख्नुस । पानीलाई तातो बनाउनुस ।त्यसपछि पानी हल्का तातो हुने बित्तिकै यसमा सिडि हाल्नुहोस् । त्यसपछि केहि समय तातो पानीमा सिडिमा उम्लिन दिनुहोस् । करीब १० मिनेटसम्म पानी तातेपछि सिडीबाट चाँदी अलग्गिन्छ ,र चाँदी निक्लिन थाल्छ बीचबीचमा यसलाई हल्लाउनुस । त्यसको केही समयपछि चाँदी माथि आउन थाल्छ । त्यसका साथै चाँदी सबै माथि तैरि सकेपछि एउटा प्लास्टिकको डल्लो बनेर आउछ । तर यो निस्किएको चाँदी शुद्ध चाँदी भने हुँदैनन् । त्यसपछि त्यसलाई एउटा भाडोमा राख्नुस । अब उक्त अशुद्ध चाँदीमा नाइट्रिक एसिड हालेर तताउनुस ।यति गरिसकेपछि शुद्ध चाँदी तपाईले देख्न सक्नुहुनेछ । यसरी नै तपाईको सबै पुरानो सिडिको प्रयोग गर्नुहोस् । थप प्रक्रिया हेर्नको लागी यो भिडियोमा हेर्नुहोस् ।