फिलिपिन्समा गयो शक्तिशाली भूकम्प !

दाभाओ सिटी, २ माघ । दक्षिण फिलिपिन्समा शक्तिशाली भूकम्प आएको छ ।

बुधबार बिहान सबेरै स्थानीय समयानुसार बिहान ४ बजे ५.९ म्यानिच्युडको भूकम्प आएको हो ।

तर, यस भूकम्पको कारण मानवीय तथा भौतिक क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त नभएको यहाँको भू विज्ञान विभागले जानकारी दिएको छ ।

भूकम्पको केन्द्रबिन्दु दाभाओ ओरिएन्टल प्रान्तको जेनेरोसो सहरबाट १ सय ४९ किलोमिटर दक्षिणपूर्वमा ४८ गहिराइमा रहेको सो विभागले जानकारी दिएको छ ।

भू विज्ञान निकायका अनुसार यस भूकम्पपछि फिलिपिन्सको दक्षिण द्वीप मिन्दानाओमा समेत यस भूकम्पको कम्पन महसुस गरिएको थियो ।

फिलिपिन्समा गत डिसेम्बर २९ मा आएको ७.२ म्याग्निच्युडको भूकम्प आएको थियो ।