अब देखि दिउसो पनि ‘मापसे चेक’ गरिने ! दिउसै रक्सि पिएर सवारी चलाउनेलाई अब झन् कडा कारवाही

काठमाडौँ । अब देखि दिउसो पनि मापसे चेक जाँच हुने भएको छ। पहिले भने राति मात्रै मापसे जाँच हुँदै आएको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिउँसो पनि मापसे जाँच गर्न शुरु गरेको हो।

पहिलो चरणमा दिउँसो दुई समूह प्रहरी परिचालन गरिएको छ। महाशाखाका अनुसार यो पहिलो चरण भएको हुँदा आवश्यकता अनुसार टोली थपेर कडाइ गरिनेछ। प्रहरीले राति ७ देखि १० बजेसम्म पहिलो चरणमा र राति ११ बजेदेखि १ बजेसम्म दोस्रो चरणमा गरेर एक रातमा ५० बढी स्थानमा मापसे चेकजाँच गर्दै आएको थियो ।

राति मात्र जाँच गर्दा दैनिक करीब ८० देखि १०० जनासम्म मापसे गरेर सवारी चलाउने चालक भेटिने गरेका थिए। दिउसो पनि मापसे जाँच हुनेभएपछि यो संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

सांकेतिक तस्विर