५ जना घाइते हुने गरी गोंगबुमा बिस्फोट भयो एलपी ग्याँस !

काठमाडौं, २ माघ । काठमाडौंको गोंगबुस्थित एक सिसा फ्याक्ट्रीमा ग्याँस सिलिन्डर बिस्फोट भएर आगलागी हुँदा ५ जना घाइते भएका छन् ।

मजदुरहरुले खाना खाने बेलामा नमस्ते कम्पनीको खाना पकाउने (एलपी) ग्यासको सिलिन्डर बिस्फोट हुँदा ५ जना घाइते भएका हुन् ।

घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको छ । घाइते ३ जनाको धापासीस्थित ग्राण्डी अस्पताल र २ जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार घाइते हुनेमा राजु बिसी, कैलाश श्रेष्ठ, काजी तामाङ, अनिल पोखरेल र रेशम तामाङ छन् ।